तर त्यो दृश्य टेलिभिजनमा समेत लाइभ प्रशारण भैरहेको हुनाले उनी संयमित भइन् । उनले बाँदरले आफ्नो स्तन समाएको कुरालाई ठट्यौली पारामा प्रस्तुत गर्दै भनिन्, ‘उसले पनि केही अनुभव गर्न खोजिरहेको छ।’ केहीबेर अनुभव लिएर आफ्नो स्तनबाट हात हटाउला भन्ने उनको आशा थियो । तर मिकी नामको त्यो बाँदरले भने मरिगए छोडेन । निकै मज्जा आएको जस्तो गर्दै उसले मुस्कान छरेजस्तो गरी दाँत देखाएर पत्रकार महिलाका वक्षस्थल समाइरह्यो । बाँदरको त्यो बदमासीबाट हार खाँदै ती पत्रकारले आखिर आफ्नो लाइभ रिपोर्टिङलाई विसर्जन गर्नुपर्यो । उनले अन्त्यमा भनिन्,’हामी केहीबेरपछि बबूनले किन अंगुर मन पराउँदो रहेछ भन्ने कुराको जानकारी लिएर आउनेछौँ ।’ हुनत त्यो बाँदर आफै ती महिला पत्रकार सँग आएको भने होइन । लाइभ प्रसारणको क्रममा उनले सुरुमा त्यो मिकी बाँदरको परिचय गराउँदै उससँग हात मिलाएकी थिइन् । हात मिलाएपछि त्यो बाँदर उनको पछाडितिर गयो, उनको काँधमाथि हात बढायो र अन्त्यमा उनको दाहिने वक्षस्थल च्वाप्पै समायो ।
|



0 comments:
Speak up your mind
Tell us what you're thinking... !