हृदयघातबाट बच्ने घरेलु उपाय :
हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न
सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ । हाम्रै घर वरपर उम्रेका
बनस्पतिमाहरुमा मनिषलाई मृत्यु सम्म डोर्याउने अनगिन्ति रोगहरुलाई रोकथाम
तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्या
हो नत्र भने हरेक रोग हामी आफैले निको पर्न सक्छौ ।
यस्तै रोग निर्मूलन गर्ने क्षमता भएको एउटा वोट हो पीपल, जसलाई हामी
धार्मिक मान्यता दिएर पूजा-अर्चना गर्छौ । पिपलको जरा, बोक्रा र पातको
अनगन्ती फाइदाहरु छन् जसमध्ये आज हामी यहाँहरुको माझमा "पिपलको पात" को
बिशेस्ता बारे जानकारी गराउन चहान्छौ ।
पीपलको १५ वटा हरियो तथा हेर्दा राम्रो पात लिनुहोस्, कोपिला पात चाई
प्रयोग नगर्नुहोस । प्रत्येक पातको माथिको र तलको केहि भाग कट्नुहोस ।
पातको बिचको भाग मज्जाले सफा पानीमा पखाल्नुहोस । एक गलास पानी एउटा भाडोमा
राखेर पखालिएको पातलाई त्यसमा हाल्नुहोस र कम तापक्रम (आगो) मा पाक्न
दिनुहोस । जब पानी उम्लिएर एक तिहाई हुन्छ, भाडोलाई आगो माथिबाट निकालेर
पानी सेलाउन दिनुहोस र सफा कपडामा छानेर चिसो ठाउमा राख्नुहोस । त्यति
गरेपछि तपाईको औषधी त्यार हुन्छ ।
त्यार भएको उक्त औषधीलाई तीन खुराक बनाएर प्रत्येक तीन – तीन घण्टामा सेवन
गर्नुहोस । हृदयघात (हार्ट अटैक)को केहि समय पश्चात लगातार पन्द्रह दिन
सम्म यसलाई दैनिक सेवन गरेमा हृदय पुन: स्वस्थ बन्छ र हृदयघातको सम्भावना
एकदम न्यून हुन्छ ।
यदि तपाई मध्ये कोहि हृदयघात (हार्ट अटैक)को बिरामी हुनुहुन्छ भने यो उपचार पद्धती अवस्य अपनाउनुहोस् ।
पीपलको पात नै किन ?
* पीपलको पातमा हृदयलाई बल र शक्ति दिने अद्भुत अर्थात् अचम्मको क्षमता हुन्छ ।
* यस पिपलको पातबाट बनाएको औषधिलाई बिहान ८ बजे, ११ बजे र २ समय बिलाएर सेवन गर्न सक्नुहुन्छ ।
* औषधि सेवन गर्दा ध्यान दिनु पर्ने कुरा : खाली पेट औषधि सेवन न गर्नुहोस, नास्ता गरेर मात्र यो औषधि सेवन गर्नुहोस ।
* सेवन अबधि सम्म तेल भएको खानेकुरा र चामल प्रयोग गर्नु हुदैन। माछा,
माशु, अण्डा, नुन, चिल्लो पदार्थ, मदिरा र धुम्रपानको प्रयोग बन्द
गर्नुपर्ने हुन्छ ।
* अनार, मेवा, आंवला, बथुआ साग (प्राय: नेपालको तराई भेगमा पाईन्छ), लहसुन,
मेथी दाना, मौसंबी, मासको दाल , किशमिश, गुग्गुल, दही इत्यादीको प्रयोग
गर्नुहोस ।
पिपलको पात हृदय आकारको हुन्छ ।
ध्यान दिनु पर्ने कुराहरु: यो पद्धतिको कुनै साइड इफेक्ट छैन । कुनै गम्भीर
रोग भएमा, यो पद्धति अपनाउनु अघि आफ्नो चिकित्सक संग अबस्य परामर्श लिनु
होला ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !