सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » बाख्राले मान्छे जस्तै पाठा जन्माएपछि हंगामा:

बाख्राले मान्छे जस्तै पाठा जन्माएपछि हंगामा:

केही महिनाअघि अर्जेन्टिनामा एक किसानको बाख्राले मान्छेकै जस्तो रुप भएको पाठो जन्माएको खबरले सबैलाई आश्चर्यमा पारेको थियो । ती किसानमाथि गाउँलेहरुले बाख्रो करणीको आरोप लगाएको र उनलाई बसिटिक्नु नभएको भन्ने खबर आएको थियो । तर अहिले भने हाम्रो छिमेकी भारतमै एउटा बाख्राले मान्छेको जस्तै बच्चा जन्माएको छ । त्यो पनि एउटा होइन, दुई दुई वटा ।

 भारतको कर्नाटकस्थित मैसूर जिल्लामा पर्ने सोलेपुर गाउँका भास्कर नामका किसानको घरमा पालेको बाख्रीले मान्छेकै जस्तो रुप भएका जुम्ल्याहा पाठा जन्माएको हो ।
गाउँमा बाख्रोले मान्छेकै जस्तो रुप भएको बच्चा जन्माएपछि गाउँलेहरु अचम्ममा परेका छन् भने त्यो अदभुत पाठा  हेर्न अन्य गाउँका मानिस समेत भेला भएका छन् । यद्यपि बाख्राले जन्माएका जुम्ल्याहा पाठा जिउँदा भने छैनन् । जन्मिँदै ती पाठा मरेका थिए ।
बिहान साढे ६ बजे बाख्रीले पहिलो मरेको पाठो जन्मायो, जसको आकार मान्छेको जस्तै थियो । त्यसको पाँच घण्टापछि अर्को मरेको पाठी जन्मियो । उक्त पाठीको आकार प्रकार पनि मान्छेको जस्तै थियो ।
समाचार अनुसार ती पाठा पाठीका ७० प्रतिशत रुपरंग मान्छेकै जस्ता छन् । आँखा, नाक र मुख मान्छेकै बच्चाको जस्तो छ । खुट्टा पनि मान्छेकै जस्ता छन् । जिउ पनि मान्छेको जस्तै सिधा छ । मात्र फरक भनेको हातखुट्टामा औँलाको साटो खुर छन् भने कान पनि बाख्रोका जस्तै छन् ।
मान्छेका जस्ता बच्चा जन्माउने बाख्रोका मालिक भास्कर आफ्नो बाख्रोले डरलाग्दा पाठा पाठी जन्माएपछि निकै आत्तिएका छन् । आफूले ४ वर्षदेखि त्यो बाख्रो पाल्दै आएको र अहिलेसम्म बाख्रोले १० वटा सामान्य पाठोपाठी पाएको उनले बताएका छन् ।
मान्छेको आकारका पाठापाठी जन्मिएछि त्यसलाई हेर्न सयौँ मानिस भास्करको घरमा भेला भएका छन् । त्यो घटना अशुभ संकेत भएको र गाउँमा प्रलय हुनसक्ने भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् । कतिपय गाउँलेहरुले ती मरेका पाठापाठीलाई तत्कालै गाड्न सल्लाह दिएका छन् । तर भास्करले भने आखिर के कारणले त्यस्तो भयो भन्ने कुराको परीक्षण गरेपछि मात्र पाठापाठी गाड्ने भनेका छन् ।
विज्ञहरुका अनुसार वंशाणुगत विकृति अर्थात् इन्फेक्सनका कारण त्यस्तो पाठापाठी जन्मिएका हुन् । त्यसलाई चिकित्साको भाषामा फेटल एनासार्ता भनिन्छ ।
कर्नाटकको पशु विभागले भास्करको बाख्राले जन्माएका ती अचम्मका मृत पाठापाठीलाई सुरक्षित गरेर राख्ने र अर्को वर्षको अक्टोबरमा हुने दशरा प्रदर्शनीमा प्रदर्शनमा राख्ने योजना बनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर