सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » कोरिया सरकारले फेरबदल गर्दैछ श्रमनीति

कोरिया सरकारले फेरबदल गर्दैछ श्रमनीति

http://www.ratopati.com/wp-content/uploads/2015/01/korea-photo.jpgकोरियन सरकारले सन् २०१५ का लागि ५५ हजार आप्रबासी कामदारको लागी रोजगार प्रक्रिया प्रणाली अन्र्तगत कोटा छुट्टाए सँगै आप्रबासी कामदारका लागी अर्को योजना पनि बाहिर आएको छ ।
गत बर्ष एमनेष्टी ईन्टरनेशनले कोरियाको श्रमबजारमा आप्रबासी कामदारप्रति गरिएका अमानविय ब्यबहारलाई बाहिर ल्याएपछि कोरिया सरकार श्रमनीतिमा फेरबदल गर्न चाहन्छ, जसको लागी श्रम बजारको सुधारलाई मुख्य एजेन्डा सहित राष्ट्रपति पार्क ग्यून हे ले बर्तमान भिसा प्रणाली ओभरहलद्धारा कुशल बिदेशीहरुका निम्ति ब्यापक ढोका खुल्ला गर्ने नयाँ रणनीति बाहिर ल्याएकी छिन् ।
राष्ट्रपति पार्क को अध्यक्षतामा दक्षिण कोरियाको बित्त मन्त्रालयले गत डिसेम्बर २२ मा आयोजना गरेको एक सभामा राष्ट्रपतिको रणनीति र सन् २०१५ का मुख्य बिषयहरु आर्थिक नीति,योजना सँगै लक्ष्यहरुको घोषणा गरिएको थियो ।
जर्मनी,संयुक्त राज्य अमेरिका,नेदरल्याण्ड्स जस्ता देशहरुमा कार्यन्वयनमा रहे जस्तै श्रमनीति हामीले पनि बनाउँन लागेका छौ जसको नीम्ति श्रम बजार सुधारमा हाम्रो पहिलो प्राथमिकता रहने र अर्को बर्ष देखि हामीले घोषणा गरेका सम्पूर्ण नीतिहरु कार्यन्वयनमा आउने हाम्रो अपेक्षा रहेको छ अर्थमन्त्री चोई क्युङ ह्वान्ले बताएका छन् ।
श्रम बजारको नयाँ नीतिमा उल्लेख भएअनुसार कोरियामा अध्यनका नीम्ति आउँने बिदेशी बिद्यार्थीहरुलाई दक्ष बनाई यहि रोजगार सिर्जना गराउँने,कुशल र दक्ष आप्रबासी कामदारका नीम्ति नयाँ अवसर दिलाउँने,सार्बजनिक क्षेत्र श्रम र बित्त समावेश गरिने,कामदारप्रति रोजगारदाताले गर्ने अमानविय ब्यबहारको अनुगमन र कार्बाहीको दायरामा ल्याउने, कामदारको पेन्सनका निम्ति सुधार गरिनुपर्ने बुदाँहरु सुधार गरिने लगायत रहेका छन् भने यसको नियम अनुगमनका लागी प्रधानमन्त्रीको नेतृत्वमा एक कार्यदल स्थापना गरिने र कोरियाको अध्यागमन नीतिका केहि कानुनी बुँदाहरुको संशोधन पनि गरिने जनाईएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर