यौनाङ्ग क्षेत्र तथा योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एउटा
राम्रो उपाय हो । यो कसरतका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर
पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्याएर, तेहेर्याएर उक्त
मांसपेशी बलियो बनाउने । सुरुमा यस्तै एक सेकेन्डसम्म बेस्सरी खुम्च्याएर
राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने। बिस्तारै यसलाई बढाएर पाँच
सेकेन्डसम्म पुर्याउनुपर्छ ।
बिस्तारै त्यसलाई 10 देखि 15 सेकेन्डसम्म संकुचित गर्ने – खुम्च्याउने)
र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम 20 पल्टसम्म
पुर्याउनुपर्छ । 6 हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाइने गरी केही
फरक देखिन्छ । मांसपेशी संकुचित गर्ने यो उपाय अपनाएर यौनसम्पर्कका बेलामा
लिङ्गलाई वेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई मात्र होइन,
तपाइको यौन साथीलाइ पनि यौनसुख प्राप्त गर्न मदत मिल्छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !