छिमेकी मुलुक चीनले १४ सय किलोमिटर लामो कृतिम नदी बनाएर
बिश्वलाई थप आश्चर्यमा पारेका छ । चीनकै दोस्रो ठूलो एलो रिभरलाई डाइभर्ट
गरी राजधानी बेइजिङ लगायत स्थानमा खानेपानी र सिचाईंका लागि पानी आपूर्ति
गर्न थालिएको छ । ११ बर्षअघि निर्माण सुरु गरिएको यो मानव निर्मित नदीमा
शुक्रबारदेखि पानीको बहाव छाडिएको छ । यलो नदीमा बग्ने कुल पानीको ६ भागको
एक भाग मानव निर्मित नदीतर्फ फर्काइएको छ ।
१५ दिनभित्र पानी बेइजिङ पुगिसक्ने बताइएको छ । नदी जोडने ‘साउथ-नर्थ वाटर
डिभिजन प्रोजेक्ट’का लागि चीन सरकारले ८१ अर्ब अमेरिकी डलर छुट्टाएको छ ।
यस अन्र्तगत तीनवटा मानवनिर्मित नदी बनाइने छ । पूर्वी खण्डमा अघिल्लो बर्ष
नै पानी बग्न सुरु भइसकेको छ भने मध्य खण्डमा शुक्रबारदेखि सुरु भएको छ ।
यलो नदीलाई बेइजिङ जोड्ने मध्य परियोजनाका लागि मात्र ३३ अर्ब अमेरिकी डलर
खर्च गरिएको छ । परियोजनाका कारण विस्थापित भएका ३ लाख ३० हजार मानिसलाई
अन्यत्र सारिएको छ । मानव निर्मित नदीले चीनका ३० करोड जनतासमक्ष खानेपानी
पुर्याउने छ । मानव निर्मित नदी चीनका ठूला पाँच चमत्कारिक इन्जिनियरिङ
परियोजनामध्ये पर्दछ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !