सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » , » चीनले बनायो १४ सय किलोमिटर लामो कृतिम नदी

चीनले बनायो १४ सय किलोमिटर लामो कृतिम नदी

छिमेकी मुलुक चीनले १४ सय किलोमिटर लामो कृतिम नदी बनाएर बिश्वलाई थप आश्चर्यमा पारेका छ । चीनकै दोस्रो ठूलो एलो रिभरलाई डाइभर्ट गरी राजधानी बेइजिङ लगायत स्थानमा खानेपानी र सिचाईंका लागि पानी आपूर्ति गर्न थालिएको छ । ११ बर्षअघि निर्माण सुरु गरिएको यो मानव निर्मित नदीमा शुक्रबारदेखि पानीको बहाव छाडिएको छ । यलो नदीमा बग्ने कुल पानीको ६ भागको एक भाग मानव निर्मित नदीतर्फ फर्काइएको छ ।


१५ दिनभित्र पानी बेइजिङ पुगिसक्ने बताइएको छ । नदी जोडने ‘साउथ-नर्थ वाटर डिभिजन प्रोजेक्ट’का लागि चीन सरकारले ८१ अर्ब अमेरिकी डलर छुट्टाएको छ । यस अन्र्तगत तीनवटा मानवनिर्मित नदी बनाइने छ । पूर्वी खण्डमा अघिल्लो बर्ष नै पानी बग्न सुरु भइसकेको छ भने मध्य खण्डमा शुक्रबारदेखि सुरु भएको छ ।

यलो नदीलाई बेइजिङ जोड्ने मध्य परियोजनाका लागि मात्र ३३ अर्ब अमेरिकी डलर खर्च गरिएको छ । परियोजनाका कारण विस्थापित भएका ३ लाख ३० हजार मानिसलाई अन्यत्र सारिएको छ । मानव निर्मित नदीले चीनका ३० करोड जनतासमक्ष खानेपानी पुर्‍याउने छ । मानव निर्मित नदी चीनका ठूला पाँच चमत्कारिक इन्जिनियरिङ परियोजनामध्ये पर्दछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर