सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » , » सरकार-विद्रोही वार्ताको मध्यस्थता ब्रम्हाण्ड सुन्दरीले गर्ने

सरकार-विद्रोही वार्ताको मध्यस्थता ब्रम्हाण्ड सुन्दरीले गर्ने

barmanda-sundariहामीकहाँ माओवादी जनयुद्ध ताका सरकार र माओवादी बीचको वार्ताको मध्यस्थता गर्ने काम मानव अधिकारवादीहरुले गरेका थिए । तर अब सायद बुढापाका मानव अधिकारवादीहरुको जमाना गएछ क्यारे । किनकी सरकार र विद्रोहीबीचको वार्ताको मध्यस्थता एकजना विश्व सुन्दरीले गर्दैछिन् ।
हो, कोलम्बियाको चर्चित विद्रोही समूह फार्कले हालै ब्रम्हाण्ड सुन्दरीको ताज पहिरिएकी कोलम्बियाली सुन्दरी पाउलिना भेगालाई सरकार सँगको शान्ति वार्तामा मध्यस्थताको लागि निम्तो गरेको छ ।
वाणिज्य शास्त्रकी विद्यार्थी समेत रहेकी २२ वर्षकी भेगाले हालैको एक अन्तरवार्तामा आफु शान्ति वार्तामा उपस्थित हुन इच्छुक रहेको बताएपछि विद्रोही समूहले ती सुन्दरीलाई शान्ति वार्तामा मध्यस्थताको लागि उपस्थित हुन औपचारिक आग्रह गरेको हो ।
फार्क विद्रोही समूहले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तीमा भनिएको छ, ‘शान्ति प्राप्त गर्नका लागि आफ्नो असल कार्यका माध्यमबाट योगदान गर्ने तपाइँको चाहना हामीले रुचीपूर्वक पढ्यौँ । हवाना भ्रमण गर्ने तपाइँको इच्छालाई हामी सलाम गर्छौँ र हवाना आउन निम्तो पनि गर्दछौँ ।’
barmanda-sundari-2
विद्रोही समूह फार्कले ब्रम्हाण्ड सुन्दरीको उपस्थितिले शान्ति प्रक्रियालाई कस्तो सहयोग पूराउँछ भन्ने विषयमा केही बताएको भने छैन । विद्रोही समूहको निम्तो प्रति भेगाले कुनै प्रतिक्रिया जनाइसकेकी छैनिन् ।
विगत ५० वर्षदेखि विभिन्न माग राख्दै सरकार विरुद्ध ससस्त्र संघर्षमा रहेको कम्युनिष्ट विद्रोही समूह फार्क र कोलम्बिया सरकारबीच सन् २०१२ बाट क्युवाको हवानामा शान्ति वार्ता हुँदै आएको छ ।
फार्क र सरकारबीचको शान्ति वार्तामा सहभागी भएमा वार्ताको मध्यस्थता गर्ने विश्वकै पहिलो ब्रम्हाण्ड सुन्दरी बनेर भेगाले अर्को किर्तिमान राख्ने पक्का छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर