सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » यी रहेछन् महिलाको यौन जीवनका प्रमुख २ दुश्मन

यी रहेछन् महिलाको यौन जीवनका प्रमुख २ दुश्मन

यदि तपाइँले आफ्नो जीवनमा यौन इच्छा घट्दै गएको अनुभव गर्नु भएको छ भने यसबारे नयाँ तथ्य बाहिर आएको छ । डेलीमेलमा प्रकाशित शोध अनुसार महिलाहरुले आफ्नो जीवनमा यौन सम्बन्ध बरबाद गर्ने प्रमुख कारण ल्यापटप र स्मार्ट फोनलाई मान्छन् । ।
बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक शोधले ७० प्रतिशत भन्दा बढी महिला आफ्नो यौन जीवनमा ल्यापटप र स्मार्टफोनले सबै भन्दा बढी असर गरिरहेको बताएको उल्लेख छ ।
स्मार्टफोनमा भुल्ने बानीले यौन जीवनको रस हराउँदै गएको उनीहरुको भनाइ छ । कतिपय महिलाले ल्यापटप र स्मार्ट फोनकै कारण सम्बन्ध धरापमा परिरहेको समेत बताएका छन् ।
फेसबुकबाट साथीहरुसँग च्याट गर्ने बानीले परिवारमा झगडा हुने गरेको पनि शोधले देखाएको छ । जोडीहरु ओच्छ्यानमा पुगेपछि पनि स्मार्ट फोन या ल्यापटपमा ब्यस्त हुने भएकाले सम्बन्धहरु धरापमा पर्दै गएको शोधमा सहभागी महिलाहरुले बताएका थिए ।
शोधमा १ सय ४३ जना महिलाको यौन र जीवनका अन्य पाटोमा टिभी, कम्प्युटर र स्मार्टफोन जस्ता उपकरणले पारेको प्रभावबारे अध्यन गरिएको थियो ।
यो शोध साइकोलोजी अफ पपुलर मीडिया कल्चर नामक जर्नलमा प्रकाशित छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर