सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » एन्ड्रोइड फोनको बिक्री पहिलोपटक घट्यो, ९३ प्रतिशत नाफा एप्पलको कब्जामा

एन्ड्रोइड फोनको बिक्री पहिलोपटक घट्यो, ९३ प्रतिशत नाफा एप्पलको कब्जामा

Lumiaपछिल्ला केही बर्षदेखि बिश्व स्मार्टफोन बजारमा एकछत्र राज गरिरहेको छ एन्ड्रोइड अपरेटिङ सिस्टमले । गत बर्षमात्र बिश्वभर करिव एक अर्ब एन्ड्रोइड फोन बिक्रि भएको तथ्याङ्क छ ।
एन्ड्रोइडसँग प्रतिस्पर्धा गरिरहेको एप्पलले संख्यात्मक भन्दा पनि उच्च गुणस्तरका महंगा फोनमा ध्यान केन्द्रीत गरेपछि एन्ड्रोइडको राज अझै निकै बर्ष चल्ने अनुमान गरिएको थियो ।
तर, एन्ड्रोइड स्मार्टफोनको बिक्रि पछिल्लो तीन महिना गिर्दो अबस्थामा रहेको हालै सार्वजनिक भएको एक तथ्याङ्कले खुलासा गरेको छ ।
तथ्याङ्कअनुसार सन् २०१४को अन्तिम तीन महिनामा अघिल्लो त्रैमासको तुलनामा ५ प्रतिशतले एन्ड्रोइड फोनको बिक्रि घटेको छ । अर्थात् अघिल्लो त्रैमासको तुलनामा झण्डै १ करोड २० लाख थान एन्ड्रोइड सेटको बिक्रि घटेको छ ।
तर, यही अबधिमा आइफोनको बिक्रि भने ९० प्रतिशतले बढेको देखिएको छ । विन्डोज फोनको बिक्रि पनि १९ प्रतिशतले बढेको छ ।mobile-phone
आइफोनको बिक्रि मात्र बढेको हैन, उसले कुल मोबाइल बजारमा आम्दानीको हिस्सा पनि निकै बढाएको छ । फोन सेटको संख्या कम भएपनि एप्पलले बिश्वको स्मार्टफोन बजारबाट प्राप्त हुने नाफाको ९३ प्रतिशत कब्जा गरेको छ ।
एन्ड्रोइडको बिक्रिमात्र घटेको छैन, अनधिकृतरुपमा प्रयोग गरिएका एन्ड्रोइड अपरेटिङ सिस्टमका कारण पनि गुगगले आफ्नो बजार गुमाइरहेको छ । कपि गरिएका एन्ड्रोइडको प्रयोग निकै बढिरहेको छ । यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर