सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » केकी र आर्यनको पुर्नजन्म ! (ट्रेलर सहित)

केकी र आर्यनको पुर्नजन्म ! (ट्रेलर सहित)

punarjanmaचलचित्र ‘ पुर्नजन्म ’को रिलीज डेट नजिकिएसँगै चलचित्रले प्रचारप्रसारलाई तिब्रता दिएको छ। मंगलबार चलचित्र युनिटले एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर र एक गीत सार्वजनिक गरेको छ । सो अवसरमा बोल्दै निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मले द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा फिल्ममा प्रस्तुत गरिएको जानकारी दिए । अभिनेता आर्यन सिग्देलले फिल्मले व्यावसायिकता भन्दा पनि सत्यपरक विषयलाई उठान गरिएको बताए ।
त्यस्तै अर्का अभिनेता गजित विष्टले सैनिकको जीवनमा द्वन्द्वले पारेको प्रभावसँगै फिल्मले कार्यक्षेत्रमा सैनिकको साथीभाई प्रतिको भावना र मायाप्रेमलाई समेटेको जनाए । अभिनेत्री केकी अधिकारीले सैनिक अधिकृतको जीवनमा आउने उतारचढाव र त्यसले उसको वैवाहिक जीवनमा पार्ने प्रभावलाई फिल्मले प्रस्तुत गरेको बताईन् ।
फिल्मका निर्देशक तथा सम्पादन सजन श्रेष्ठले शुरुमा सर्ट फिल्म बनाउन लागे पनि त्यसको कथालाई नयाँ तरिकाले प्रस्तुत गरेर फिल्म बनाएको खुलाए । निर्देशक श्रेष्ठले फिल्म सत्यघटनामा आधारित भए पनि कुनै व्यक्ति विशेषको घटनालाई भने प्रस्तुत नगरिएको जनाए । एमके इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन श्रेष्ठको कथा र पटकथा रहेको फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ । जसमा आर्यान र केकीका अलावा सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठलगायतको अभिनय रहेको छ । चलचित्र आगामी फागुन २२ गतेबाट अल नेपाल रिलिज हुने निर्माण युनिटले जनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर