सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » महिला क्रिकेटर नेरी थापा र सोनु खड्कालाई ६ महिना प्रतिवन्ध मदिरा सेवन गरी अभद्र व्यवहार गरेको आरोप

महिला क्रिकेटर नेरी थापा र सोनु खड्कालाई ६ महिना प्रतिवन्ध मदिरा सेवन गरी अभद्र व्यवहार गरेको आरोप

मदिरा सेवन गरी अभद्र व्यवहार भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला क्रिकेटर नेरी थापा र सोनु खड्कालाई ६ महिना प्रतिवन्ध लगाएको छ ।

महिला सिनयर टोलीका पूर्व कप्तान समेत रहेकी नेरी सफल क्रिकेटर मध्ये एक हुन् । नेपालका लागि पहिलो शतकको कीर्तिमान उनकै नाममा छ ।

अनुशासन विपरितको काम गरेको भन्दै क्यानको शनिबार बसेको बोर्ड बैठकले नेरी र सोनुलाई ६ महिना प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार १७ औं एसियाडका लागि दक्षिण कोरिया जानुअघि नेरी र सोनुले होटलमा अभद्र व्यवहार गरेका थिए ।

उनीहरुले सुन्धारास्थित होटल तोडफोड गर्नुका साथै अभद्र व्यवहार गरेका आरोप छ ।’इन्चोन जानु पर्ने भएकाले त्यसबेला कारबाही गरिएन । अहिले टिम प्रशिक्षक र म्यानेजरको रिपोर्ट तथा स्पष्टिकरणका आधारमा कारबाही भएको हो’ क्यानका एक अधिकारीले भने ।

त्यसअघि बन्द प्रशिक्षणका क्रममा नेरी र सोनुले मदिरा सेवन गरेका थिए । तर, उनीहरुले माफी माग्दै क्यानलाई पत्र लेखेपछि सफाइ पाएका थिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर