सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » 'फुटबल इतिहासकै एक ठूलो सरुवा'

'फुटबल इतिहासकै एक ठूलो सरुवा'

 मड्रिड– रियाल मड्रिडले विश्वकपका उच्च गोलकर्ता कोलम्बियाका फरवार्ड हामेस रोड्रिग्वेजलाई मोनाकोबाट ६ वर्षका लागि अनुबन्धित गरेको छ।

स्पेसिन सञ्चारमाध्यमले रियालले रोड्रिग्वेजलाई भिœयाउन ८ करोड युरो खर्च गरेको जनाएको छ, जसले उनलाई विश्वका महँगा खेलाडीको सूचीमा उभ्याएको छ। मोनाकोले रोड्रिग्वेजको अनुबन्धनलाई 'फुटबल इतिहासकै एक ठूलो सरुवा' भनेको छ।

उरुग्वेविरुद्ध २३ वर्षे रोड्रिग्वेजले गरेको गोल विश्वकपकै उत्कृष्टमा दरिएको थियो। कोलम्बियाले अन्तिम–१६ को खेलमा २–० को विजय पाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्दा दुवै गोल उनैले गरेका थिए। ६ गोल गरेका उनी विश्वकपका उच्च गोलकर्ता हुन्।

रियालमा आधिकारिक रूपमा अनुबन्धन हुनु केही समयअगाडि उनले मड्रिडमा स्वास्थ्य परीक्षण गरेपछि हात हल्लाइरहेको फोटो सार्वजनिक गरेका थिए।

'म धेरै निकै खुसी छु, अरु कुरा पछि गरौंला,' उनले सञ्चारमाध्यमको भीडमा भने। हाल आएको रकम नै हो भने रोड्रिग्वेज चौथो सबैभन्दा महँगा खेलाडीमा पर्नेछन्।

रियालकै गारेथ बेल र क्रिस्टियानो रोनाल्डो सबैभन्दा महँगो रकममा सान्टियागो बेर्नाबेउ आएका थिए। गत हप्ता मात्र बार्सिलोनाले लिभरपुलबाट उरुग्वेका स्ट्राइकर लुइस स्वारेजलाई ७ करोड ५० लाख पाउन्डमा भित्र्याएको थियो। त्यसका जवाफमा रियालले विश्वकप विजेता जर्मन मिडफिल्डर टोनी क्रुजलाई लिएको थियो।

विश्वकपका ५ खेलमा ६ गोल गर्दै गोल्डेन बुट जितेपछि २३ वर्षे रोड्रिग्वेज युरोपका सबै ठूला क्लबको लक्ष्य बनेका थिए। उरुग्वेविरुद्ध भलीमा गरेको उनको गोललाई फिफाको सर्वेक्षणमा ४० लाखभन्दा बढीले प्रतियोगिताकै उत्कृष्ट गोलको दर्जा दिएका थिए। सर्वेक्षणमा भाग लिनेमध्ये तीन चौथाइभन्दा बढीले उनको त्यो गोललाई उत्कृष्टको दर्जा दिएका हुन्। सर्वेक्षणमा नेदरल्यान्ड्सका रोबिन भान पर्सीले स्पेनविरुद्ध समूह चरणको खेलमा डाइभिङ हेडमार्फत गरेको गोल दोस्रो नम्बरमा आएको थियो।

रोड्रिग्वेजले पेनाल्टी बक्सको छेउमै टाउकोभन्दा माथिबाट आएको बल छातीले नियन्त्रणमा लिएर प्रहार गरेको भली क्रसबारको तल्लो भाग चुम्दै गोलमा परिणत भएको थियो। त्यही गोलले युवा स्ट्राइकरलाई विश्वव्यापी नायकमा स्थापित गरेको थियो। गत वर्ष पोर्चुगलको एफसी पोर्टोबाट मोनाको आउँदा उनका लागि फ्रान्सेली क्लबले ४ करोड ५० लाख युरो खर्चिएको थियो।

मोनाकोका प्रशिक्षक लियोनार्दो जार्डिमले रोड्रिग्वेजको भविष्यप्रति सोधिएको प्रश्नमा आफूलाई सरुवाबारे कुनै जानकारी नभएको बताए। कोलम्बियाकै राडामेल फाल्काओजस्ता खेलाडी भएको मोनाको कोलम्बियामा एक मैत्रीपूर्ण खेल खेलेर थप अभ्यास खेलका लागि मायामी प्रस्थान गरेको छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर