सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » अमेरिकामा तीन दर्जन बढी नेपाली ठगिए

अमेरिकामा तीन दर्जन बढी नेपाली ठगिए


दिनेशजंग शाह
न्युयोर्क, माघ ८ – एक व्यापारिक कम्पनीले तीन दर्जन बढी नेपाली कामदारहरुलाई ठगी गरेको छ । न्युयोर्कको लङ आईल्याण्ड स्थित सफोक काउन्टी अन्र्तगत कोरम र सेन्टर इस्लिपमा संचालित झण्डै दुई दर्जन ग्यास स्टेशनमा कार्यरत नेपालीहरु महिनौं देखिको तलब नदिएर हटाईएको छ । यति धेरै संख्यामा एकैपटक नेपाली आप्रवासी ठगिएको अमेरिकामा यो पहिलो घटना हो । ठगिएको घटनालाई केन्द्रिय जाँच ब्युरो (एफबीआई) लगायत सफोक काउन्टी अन्र्तगतको श्रम विभाग र मानवअधिकार निकायले छानबिन थालेका छन् । सामान्यतया हरेक सातामा पारिश्रमिकको चेक दिईने प्रावधान भए पनि पीडितहरुले ८ देखि २० साता सम्मको पारिश्रमिक पाएका छैनन् ।
तीन बर्षदेखि लगातार एउटैं ग्याँस स्टेशनमा काम गर्दा समेत ठगिएका शिव बाँनियाले भने ‘सुरुदेखि नै दुई महिना अर्थात आठ साता कै पारिश्रमिक धरौटीको रुपमा ‘होल्ड’ गर्ने चलन रहेछ । बिस्तारै त्यहि भुमरीमा परियो,पारिश्रमिक माग्दा जागीर छोडे पाईन्छ भनियो तर पाईएको छैन ।’ पारिश्रमिक नदिएर धेरैलाई हटाईएको छ भने कतिले जागीर छोडेर कानुनी बाटो अबलम्बन गरेका छन् ।
सो काउन्टी अन्र्तगतकै एसियाली मुलका अमेरिकीहरुको सल्लाकार समितिको कार्यकारी बोर्ड सदस्य रहेका धनवीर मर्हजनका अनुसार पीडित मध्येका ६ जनालाई जनही १२–१२ हजार अमेरिकी डलर दिईएको छैन् भने बाँकी तीन दर्जन जतिले जनही ६ देखि ८ हजार डलर पाउनुपर्ने देखिन्छ । पीडितहरुको पक्षबाट कानुनी लगायतका अन्य पक्षमा समन्वय गरिरहेका मर्हजनले भने, ‘सर्सती हिसाब किताब गर्दा कम्पनीले दर्जनौं नेपालीहरुको दुई लाख ५० हजार डलर हाराहारीको पारिश्रमिक ठगी गरेको छ ।’ पीडित अधिंकाश नेपाली कामदारहरु वैधानिक हैसियतमा त्यहाँ कार्यरत थिए । कानुनी ज्ञानको अभाव एवम पहु“चका अतिरिक्त हिनताबोधले ग्रसित हुदा“ नेपाली आप्राबासीहरुमा यस्ता खाले समस्या आउने गरेको कानुनी व्यबसायी डिल्ली भट्टले बताए ।
बिशेषत भर्खरै नेपालबाट आएका आप्रबासीहरु ठगीको मारमा परेका छन । एक पीडितका अनुसार खासै अंग्रेजी दख्खलता नचाहिने र धेरै काम गर्ने घण्टा पाउने आशामा दर्जनौं नेपालीहरु कम्पनीबाट संचालित गल्फ, मोबिल र एक्सन नामका ती विभिन्न  ग्याँस स्टेशनमा कार्यरत थिए । ज्याक्सन हाईटमा कार्यतर नेपाली रोजगार दाता मार्फत कम्पनीका प्रबन्धक भारतीय मुलका सुधीर कुमारले अधिंकाश नेपालीहरुलाई ती ग्या“स स्टेशनहरुमा काम लगाएका थिए ।
कम्पनी मालिक स्टिभ केस्थगरले तीन साताअघि १५ वटा ग्यास स्टेशन टाट पल्टिएको भन्दै ‘च्याप्टर ११’ अन्र्तगत फेडरल ब्याङकरप्सी कोर्टमा केश फाईल गरेपछि पिडितहरुको पारिश्रमिक थप अन्योलमा पुगेको छ । सो कम्पनीमा थप नौं वटा ग्या“स स्टेशन बन्द भएका छन् । कानुनी ब्यवसायी भट्टका अनुसार ब्याङकरप्सी पछि पनि कामदारहरुले पारिश्रमिक पाउने संभावना रहने गरेको तर त्यसका लागि समय लाग्न सक्छ । भट्टले भने, ‘अदालतले गठन गरेको ट्रष्टीको छानबिन पछि ट्रष्टी शुल्क, सरकारी कर पछि पैसा पाउने अधिकार कामदारहरुकै हुन्छ ।’
साभार : इकान्तिपुर
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर