सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » छाला फुट्ने र डण्डिफोरको समस्या समाधान कसरी गर्ने

छाला फुट्ने र डण्डिफोरको समस्या समाधान कसरी गर्ने

 
सामान्यकुरा भएपनि ध्यान नजाने यस्तो कुराहरु याद गर्नु भएमा छालाको स्वच्छन्दता कायम राख्न सकिन्छ।
पढ्नुहोस अनुहारको छालाको सुरक्षा कसरी गर्ने। 
१. अनुहार सफा राख्नुहोस्
दैनिक अनुहार कम्तिमा पनि दुइ पटक सफा पानी ले धुनुहोस। यसो गर्नाले मरेका कोषहरु, धुलोको कणहरु र अनुहारबाट निस्कने चिल्लो पदार्थ अनुहारबाट हट्दछ। यसको अर्थ धेरै अनुहार धुने भन्ने हैन। दुइ-तिन पटक भन्दा बढी अनुहार पखाल्न जरुरी हुन्न। अनुहार धुँदा तातो पानी प्रयोग नगर्नुहोस्। जस्तो पायो त्यस्तै साबुन प्रयोग नगर्नुहोस। सकेसम्म सफा पानी मात्र प्रयोग गरेको राम्रो।
२. नरम कपडा प्रयोग गर्नुहोस
‍अनुहार पुछ्नको लागि सफा र नरम कपडा प्रयोग गर्नुहोस। भुइँ पुछेको जस्तो गरि अनुहारको पानी पुछ्को लागि रगट्ने काम नगर्नुहोस। नरम छाला सग नरम नै व्यवहार गर्नुहोस।
३. छाला सुख्खा हुन नदिनुहोस
विशेष गरि जाडोको बेला छाला सुख्खा भइराख्ने भइकोले सुख्खा हुन नदिने क्रिम तथा मोइस्चराइजर प्रयोग गर्नुहोस। धेरै क्रिमको ब्राण्ड परिवर्तन गरिराख्ने, एकैचोटी धेरै थरिको क्रिम प्रयोग गर्ने नगर्नुहोस।
४. पानी प्रसस्त पिउने गर्नुहोस
जाडोको बेला चिसो हुन्छ भन्दै पानी पिउने कम गर्नु भएको छ भने यो बानी हटाउनुहोस। छालाको स्वस्थताको लागि पानी अपरिहार्य हुन्छ। दैनिक ४-५ लिटर पानी पिउने बानी लगाउनुहोस।
६. चिल्लो पिरो कम खानुहोस
पेटको अवस्थाले तपाइ को अनुहारको छालामा प्रतक्ष्य प्रभाव पार्छ। चिल्लो पिरो खानेकुराले पेटलाइ राम्रो नगर्ने भएकाले सकेसम्म कम खाने गर्नुहोस।
७. अनुहार चलाइरहने नगर्नुहोस
अनुहार चलाइराख्ने र डण्डिफोर आयो भनेर कोट्याइरहने नगर्नुहोस। हात र नङमा हुने फोहोर तथा किटाणुले झन् अवस्था बिगार्छ।
८. कपालमा लगाउने जेल तथा तेलमा ध्यान दिनुहोस
कपालमा जस्तो पायो त्यस्तो तेल नलगाउनुहोस। कपालको तेलले अनुहारमा पनि प्रभाव पर्ने हुन्छ। ध्यान दिनुहोस, छाला एकदमै ओइलि (Oily) छ भने कपालमा लगाउने तेलको कारणले नि हुन सक्छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर