सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » अर्बपतिको सूचीमा विनोद चौधरी १५९ स्थान माथि उक्लिए

अर्बपतिको सूचीमा विनोद चौधरी १५९ स्थान माथि उक्लिए

Binod-Chaudharyविश्वका अर्बपतिहरुको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी १५९ स्थानमाथि उक्लिएका छन् । अमेरिकी म्यागेजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा उनी १ अर्व ३० करोड अमेरिकी डलर सम्पत्तिका साथ  १३०६ औं स्थानमा छ ।
फोर्ब्सका अनुसार  एक वर्षमा चौधरीको २० अर्ब रूपैयाँ सम्पत्ति थपिएको छ । गत बर्ष उनको सम्पत्ति १ अर्ब १० करोड अमेरिकी डलर रहेकोमा यो बर्ष २० करोड अमेरिकी डलर अर्थात २० अर्व रूपैयाँ थपिएको छ । यसअघि अर्बपतिहरूको सूचीमा उनी १४६५ औं स्थानमा थिए ।
चौधरी फोर्ब्सले सार्वजनिक गर्ने विश्वका अर्बपतिहरुको सूचीमा पर्ने एक मात्र नेपाली हुन् ।
फोर्ब्सका अनुसार चौधरीले अधिकांश सम्पत्ति बिदेशका बिभिन्न ब्यबसायमा गरेकत्त लगानीबाट जोडेका छन् । नेपालको नविल बैंकमा उनको मुख्य सेयर छ भने वाईवाई चाउचाउ पनि उनको कमाईको मुख्य स्रोत हो ।
बिभिन्न एशियाली र अफ्रिकी मुलुकमा होटलमा गरेको लगानी पनि उनको कमाईको मुख्य स्रोत रहेको फोब्र्सले जनाएको छ । युगाण्डाको मुक्वानो ग्रुपसँगको साझेदारीमा चौधरीले युगाण्डा, रुवाण्डा र बुरुण्डीमा होटल संचलान गरिरहेको म्यागेजिनले जनाएको छ । गत बर्ष नेपालको एसटी टेलिकमको खरिदसँगै चौधरीले नेपालमा पनि ब्यापारमा बिविधिकरण गर्न खोजेको बताइएको छ ।
कहिल्यै पनि कलेज नगएका चौधरीले ४० बर्ष पहिले टेक्सटाइल उद्योगमार्फत् ब्यापारमा प्रवेश गरेका थिए । नेपाल र बिदेशमा आफ्नो ब्यापारिक साम्राज्य फैलाइरहेका चौधरीका तीन छोराहरु निर्वाण, राहुल र बरुणले उनको ब्यबसायिक विस्तारमा सहयोग गरिरहेका छन् ।
को-को छन् सूचीमा ?
फोर्ब्सले जारी गरेको अर्बपतिहरुको सूचीको पहिलो नम्बरमा विल गेट्स कायमै छन् । माइक्रोसफ्टका सहसंस्थापक गेट्सको सम्पत्ति ७८ अर्व ७० करोड डलर छ ।
हङकङका लि का शिंग ३५.५ बिलियन सम्पत्तिका साथ १४ औं स्थानमा छन् ।
फेसबुकका मालिक मार्क जुकरबर्ग १७ औं स्थानमा छन् । उनको सम्पत्ति ३२ दशमलव ८ बिलियन छ । १८ औं स्थानमा गुगुलका सीईओ ल्यारी पेज छन् भने गुगलका स्पेसल प्रोजेक्सका निर्देशक सार्गेइ ब्रेन २० औं स्थानमा छन् । ल्यारीको सम्पत्ति २९.२ बिलियन र सार्गेइको २८.७ बिलियन डलर छन् ।
 साउदी अरबका राजकुमार २३.५ बियलयनका साथ ३० औं स्थानमा छन् ।
भारतका मुकेश अम्बानी २०.७ बिलियन सम्पत्तिका साथ विश्वका अर्बपतिहरुको सूचीमा ३६ औं स्थानमा छन् । भारतका अर्का अर्बपति दीलिप सांघवी १९.८ बिलियनका साथ ४० औं स्थानमा छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर