चलचित्र ‘ पुर्नजन्म ’को रिलीज डेट
नजिकिएसँगै चलचित्रले प्रचारप्रसारलाई तिब्रता दिएको छ। मंगलबार चलचित्र
युनिटले एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर र एक गीत सार्वजनिक
गरेको छ । सो अवसरमा बोल्दै निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मले
द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा फिल्ममा
प्रस्तुत गरिएको जानकारी दिए । अभिनेता आर्यन सिग्देलले फिल्मले
व्यावसायिकता भन्दा पनि सत्यपरक विषयलाई उठान गरिएको बताए ।त्यस्तै अर्का अभिनेता गजित विष्टले सैनिकको जीवनमा द्वन्द्वले पारेको प्रभावसँगै फिल्मले कार्यक्षेत्रमा सैनिकको साथीभाई प्रतिको भावना र मायाप्रेमलाई समेटेको जनाए । अभिनेत्री केकी अधिकारीले सैनिक अधिकृतको जीवनमा आउने उतारचढाव र त्यसले उसको वैवाहिक जीवनमा पार्ने प्रभावलाई फिल्मले प्रस्तुत गरेको बताईन् ।
फिल्मका निर्देशक तथा सम्पादन सजन
श्रेष्ठले शुरुमा सर्ट फिल्म बनाउन लागे पनि त्यसको कथालाई नयाँ तरिकाले
प्रस्तुत गरेर फिल्म बनाएको खुलाए । निर्देशक श्रेष्ठले फिल्म सत्यघटनामा
आधारित भए पनि कुनै व्यक्ति विशेषको घटनालाई भने प्रस्तुत नगरिएको जनाए ।
एमके इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन
श्रेष्ठको कथा र पटकथा रहेको फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत,
कविराज गहतराजको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र शिव ढकाल तथा
नवराज कृष्ण थापाको छायांकन रहेको छ । जसमा आर्यान र केकीका अलावा सुस्मिता
शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र
रुष्मा श्रेष्ठलगायतको अभिनय रहेको छ । चलचित्र आगामी फागुन २२ गतेबाट अल
नेपाल रिलिज हुने निर्माण युनिटले जनाएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !